गायिका मञ्जु थापाद्वारा ‘सौम्या कलेक्सन’ को शुभारम्भ


काठमाडौं । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गरेकी छन् । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गरेकी हुन् । सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।

सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.