घनश्यामको परिवारलाई चलचित्र विकास बोर्डबाट सहयोग


काठमाडौँ। हाँस्यकलाकार घनश्याम गौतम, जसले ‘नक्कली प्रचण्ड’को पात्रमार्फत दर्शकको हृदयमा विशेष स्थान बनाएका थिए, उनको निधनपश्चात् चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मि कल्याणकारी कोषमार्फत मृत्युसंस्कारमा सहयोग वापत उनका परिवारलाई रु ५०,००० को आर्थिक सहायता प्रदान गरेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्यहरू एवं चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, तथा कलाकार रविन्द्र खड्काको टोली पशुपति स्थित क्रियापुत्री भवनमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

यसअघि पनि गौतमको उपचारका क्रममा पनि चलचित्र विकास बोर्डले कल्याणकारी कोषमार्फत रु १,००,००० (एक लाख रुपैयाँ) आर्थिक सहयोग गरेको थियो। क्यान्सरसँग संघर्षरत गौतमको जेठ १९ गते राति भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।

झापा गौरादहमा जन्मिएर नेपाली हास्य–व्यङ्ग्य क्षेत्रमा ‘नक्कली प्रचण्ड’का रूपमा लोकप्रियता कमाएका गौतम विगत केही वर्षदेखि काठमाडौंको भक्तपुर कटुन्जेमा परिवारसहित बसोबास गर्दै आएका थिए।

गौतमको निधनले नेपाली मनोरञ्जन क्षेत्रले एक होनहार कलाकार गुमाएको महसुस गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषमार्फत अप्ठ्यारोमा परेका कलाकार तथा चलचित्रकर्मी वा तिनका परिवारलाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो राहत प्रदान गरिएको चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.