चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त


काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो ।

गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।

नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् । त्यस्तै गरी अर्को जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन्।  दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.