साम्राज्ञी राज्य लक्ष्मी शाह ‘जदौ’ मा


काठमाडौं । नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइन सहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धीत भएकी छिन् ।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने ‘जदौ’ श्याम तामाङले खिच्नेछन् । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको संगीत रहनेछ ।

फिल्मको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताए । फिल्म ०८२ सालभित्रै दर्शकमाझ ल्याउने योजना निर्माण टिमको छ ।