काठमाडौ। फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाइको चर्चा चुलिएको छ । कृषाले यो फिल्ममा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् ।
मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा चुलियो । अहिले कृषालाई घर बाहिरका फिल्मबाट पनि निरन्तरअफरआइरहेको छ ।
यसैबिच, एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी छिन् । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन् ।
यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर फिल्म वितरणगर्दैआएकोयूएनएइन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो ।
फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ ।
फिल्मको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ । यो फिल्मका लागि निर्देशक कृषा चौलागाइले महंगो रकम लिएकी छिन् । तर, निर्माणपक्षले कृषाले लिएको रकम भने खुलाएको छैन ।
कृषाले ‘पिताम्बर’पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यो फिल्मको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ।