संगीत बजार घटे पनि गायक योगेन्द्रको उत्साह


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पुर्वी नेपालको भोजपुरमा जन्मेका योगेन्द्र राई स्कुल स्तरको पढाईकै क्रममा गायन तथा गीत लेखनमा बढी चाख राख्थे। सानो उमेरबाट नै गीत संगीत भनेपछी हुरुक्कै हुने योगेन्द्र अन्ततः समय क्रममा उमेर बढ्दै जाँदा आफ्नो नामको अगाडी गायक शब्द थप्न सफल बने। आफ्नै गाउँघरको परिवेशलाई जोडेर तयार गरेको गरेको गीत ‘दिङ्ला बजारमा….’ युट्युवमा सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा चर्चाका पात्र बनेका योगेन्द्रले त्यसपछी छोटो समयमा नै अन्य दुई गीत समेत युटयुवमा नै सार्वजनिक गरे। जुन गीतले पनि श्रोता तथा दर्शकबाट पुर्वेली ठिटोको गायन यात्रालाई अघी बढाउन ठुलै प्रेरणा मिलेको योगेन्द्र तर्क गर्छन। त्यसैले त केहि दिन पहिले आफ्ना गीतहरुलाई एकमुष्ट रुपमा संकलन गरेर योगेन्द्रले आफ्नो पहिलो गिती एल्बम ‘उत्साह’ सार्वजनिक गरेका छन्।
Utsaha_yogendra-rai
‘उत्साह’मा अडियो र भिडियो दुबै समेटिएका योगेन्द्रले स्वर भरेका चार गीत समावेश छन्। जसमा समावेश सबै गीतको शब्द तथा संगीत योगेन्द्रको नै रहेको छ। आफ्नो एल्बमको प्रचार प्रसारमा पुर्वी नेपालमा व्यस्त गायक योगेन्द्र केहि समयमा नै अर्को गीत समेत श्रोता तथा दर्शकमाझ ल्याउने तयारीमा जुटेको बताउँछन्। त्यसो त उनका प्रायः गीतले पछिल्लो पुस्ताका युवा पुस्तामा झाङ्गिँदै आएको माया प्रेमको यथार्थ कथालाई समेटिरहेकोले पनि युवा युवतीहरुमाझ उनी थप लोकप्रिय बन्दै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.