चलचित्र ´तुलसीराम` निर्माण घोषणा


काठमाण्डौ । बुद्ध जयन्तीको अवसर पारेर चलचित्र “तुलसीराम” निर्माण घोषणा गरिएको छ। चलचित्र आगामी जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

एल आरआरको ब्यानरबाट निर्माण हुन् लागेको चलचित्रको निर्देशक तथा निर्माता बाबु शाहेब बलामी हुन भने चलचित्रमा बलामीकै कथा रहने छ। चलचित्रको लेखक शंकर अधिकारी घायल हुन । चलचित्रको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने चलचित्रमा बिकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।

पछिल्लो समयका चल्तीका कलाकारहरु राखेर निर्माण हुन लागेको चलचित्रमा पारिवारिक कथालाई जोड दिईने छ भने तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिएर अगाडी बढाउने निर्माण पक्षले जानकारी  दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.