‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक, हमालको दमदार अवतरण


काठमाडौं।  महानायक राजेश हमालको प्रतिक्षित कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर बिहीवार काठमाडौंको सिभिल मलमा विशेष समारोहबीच सार्वजनिक गरिएको छ। सार्वजनिक भएको केही मिनेटमै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको ट्रेलरले फिल्मप्रतिको दर्शकको उत्सुकता झल्काएको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकारलगायत दर्जनौं कलाकारको अभिनय देख्न सकिन्छ।

एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सको मिश्रण बोकेको ट्रेलरमा हमाल र कटुवालको टकरावले कथा अझ रोचक बनाएको देखिन्छ। पारिवारिक कथा र सामाजिक सन्देशले दर्शकको मन छुने विश्वास लिइएको छ।

फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायांकन समावेश छ।

नेम महर्जनको लगानीमा तयार भएको यो फिल्मका निर्माता दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन्। करण सिंह प्रोडक्सन म्यानेजर रहेका छन् भने सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन्।

फिल्म आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ। एक्सन र भावनात्मक कथाले भरिएको यस फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.