
फिल्मी फण्डा। निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी छिन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेको भनाई छ ।
यसअघि उनले फिल्म ‘लभ लभ लभ, आमा, परस्त्री’ लगायत निर्माण गरिसकेकी छिन् ।उनले, निर्माण गर्न लागेको नयाँ फिल्मलाई उनकै छोरा निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले फिल्म ‘परस्त्री’ निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए ।
यो फिल्मका लागि आज नायक प्रदीप खड्का र गौरव बिष्टसँग कुराकानी गरिएको छ । प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्–‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ ।’
शर्मिलाका अनुसार, यो फिल्ममा २ जना नायक हुनेछन् । गौरवलाई लिएर शर्मिलाले फिल्म ‘परस्त्री’ निर्माण गरेकी थिइन् । यस्तै, गौरव र प्रदीपले फिल्म ‘पिताम्बर’मा पनि सहकार्य गरेका थिए ।
शर्मिला पाण्डे नेपाली फिल्म क्षेत्रका लागि स्थापित नाम हो । केही फिल्म बनाएसँगै उनी चर्चामा छिन् । अब, प्रदीप र गौरवलाई लिएर उनी फिल्म बनाउन तम्सिएकी छिन् ।