सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक


काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका छन् ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । सुदीप बरालको छायांकन रहेको गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।

गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम गीत र भिडियोमा समेटिएको छ ।

गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.