सलमान खानकी नायिका भनेर चर्चामा आएकी जरिन नेपालमा


Jarin-Khan
(सेलिब्रेटी नेपाल) काठमाडौँ
बलिउड अभिनेत्री जरिन खान नेपाल आइपुगेकी छिन्। बलिउडका चर्चित नायक सलमान खानकी नायिका भनेर चर्चामा आएकी उनी आज नेपाल आएकी हुन्। नेपाल आएलगतै आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको हो।
शनिबार साँझ सोल्टी होटलमा आयोजना हुने पनास रन्वे इभेन्टको आयोजना रहेको फेशन शोमा क्याटवक गर्न जरिन शुक्रबार मध्यान्ह् नेपाल आइपुगेकी हुन्। सलमान खानको जोडी भई फिल्म ‘विर’ बाट बलिउडमा डेव्यु गरेकी जरिनले सुन्दर देश भनी नेपालको प्रशंसा गरिन्। प्रेसमिटमा उनले आफु नृत्यको सौखिन रहेको बताउँदै अभिनय भन्दा नाच्न नै सहज हुने बताइन्। स्वयम्भू घुमेकी जरिन भोली साँझसम्म राजधानीका रमणीय स्थलमा घुम्नेछिन्। पहिलो पटक नेपाल आइपुगेकी जरिनले भनिन्, ‘फुर्सदको समयमा घुम्नेछु ।’ जरिन सहित नेपाली सेलेव्स विजय लामा, निशा अधिकारी, रेश मरठ्ठा, निलुम चन्द र मिस नेपाल इशानी श्रेष्ठ बलिउड फेसन डिजाइनर विशाल कपुरको डिजाइनमा सोल्टी होटलमा क्याटवक गर्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.