चर्चाको लागि के के सम्म गर्छन नेपाली चलचित्र कर्मी



सेलेब्रिटी नेपाल मङ्सिर १३-नेपाली चलचित्र उद्योग बिचित्र को छ चलचित्रकर्मी हरु क्षणिक चर्चाको लागि जे पनि गर्न तयार हुन्छन म्युजिक भिडियो बाट ठुलो पर्दा निर्देशन मा हात हालेका प्रसन्न पौडेल निर्देशित पहिलो चलचित्र सफल हुन सकेन अहिले उनि निर्देशित दोस्रो चलचित्र मेरो वेष्ट फ्रेन्ड रिलिज हुने तयारीमा छ केहि साता अघि नेपाली चलचित्र ‘मेरो वेष्ट फ्रेन्ड’को एक पोष्टरको नक्कल गरी बलिउड चलचित्र ‘जब तक हे जान’ को पोष्टर निर्माण गरिएको चर्चा नेपाली सिने बजारमा खुबै चलाईयको थियो । मेरो बेष्ट फ्रेन्डको उक्त पोष्टर पनि नक्कली रहेको अर्को प्रमाण फेला परेको छ ।
प्रशन्न पौडेल निर्देशित ‘मेरो बेष्ट फ्रेन्ड’ को पोष्टर ‘जब तक हे जान’ चलचित्र निर्माण हुनुअघि नै तयार पारिएको भन्दै नेपाली चलचित्रको पोष्टर भारतीयले नक्कल गरेको चर्चा चलेको थियो । यो चर्चा गर्न मात्र चर्चा गरियको भन्ने हरु धेरै थिय कुनै ठोस आधार बिना नै केहि संचार माध्यम हरुले उक्त बिसयलाई चर्चित बनाउन खोजेका थिय तर यसको रहस्य भने अर्कै भेटिएको छ ।
यी दुबै सिनेमाका पोष्टर आफ्नै दिमागबाट तयार नभएको तथ्य फेला परेको छ । दुबै चलचित्रको पोष्टर एउटा अंग्रेजी चलचित्रको पोष्टरबाट नक्कल गर्न खोजिएको छ । यी दुबै चलचित्रको पोष्टर हलिउड चलचित्र ‘स्पेशल फोर्स’ को पोष्टरबाट प्रभावित भएका छन् । आर्मी फोर्स र आतंकबादी हमालाका बारेमा तयार पारिएको यही चलचित्रको पोष्टरबाट नेपाली र हिन्दी चलचित्रको पोष्टर तयार पारिएको हो । अब मेरो वेष्ट फ्रेन्ड निर्माण पक्षले के उत्तर दिने ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.