काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ ।
।
घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा : घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन् ।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।