जेठ ३ गते नोरा फतेही नेपालमा


काठमाडौँ। भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो। वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिको आयोजनामा उक्त कार्यक्रम हुनेछ। जसका अध्यक्ष देव मगर हुन् ।

कार्यक्रममा नेपाली कलाकारहरुमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डे लगायतले प्रस्तुती दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार सम्मेलन माझ जानकारी दिए ।

इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाएको छ ।कार्यक्रममा नोरा फतेही र दुर्गेश दुश्मन हेरेको हेरैू गीतमा सँगै स्टेज सेयर गर्ने भएको हुँदा इभेन्ट अझ आकर्षक हुने आयोजकले बताए । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.