होस्टेल बाट चर्चा कमाएका अनमोल र हेमराजको जेरी आउंदै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र होस्टेलमा अभिनय गरे पश्चात चर्चामा आएका नायक अनमोल के.सी.अभिनित दोस्रो चलचित्र ‘जेरी’आउदो कार्तिक २८ मा रिलिज हुने भएको छ। ‘जेरी’ होस्टेल निर्देशन गरेर तारिफ कमाउन सफल निर्देशक हेम राज बि.सी.को तेस्रो निर्देशनको चलचित्र हो।Jerry-poster
हेमराज विसीले निर्देशन गरेको दोस्रो चलचित्र ‘सम्बोधन’ को रिलिज मिति भने टुङ्गो लागि सकेको छैन। मुस्ताङको रमणीय दृश्यमा छायांकन भएको चलचित्र जेरी आउदो कार्तिक २८ बाट प्रदर्शनमा आउने भएको छ। जेरीको कथा लेखन पनि स्वयम् निर्देशक विसीकै रहेको छ। चलचित्रमा अनमोल केसी,एन्ना शर्मा,एमलिया शर्मा,अभिषेक मान शेरचनको मुख्य भूमिका रहेको छ । मनोज शेरचनले निर्माण गरेको चलचित्रमा नरेन लिम्बुको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.