चलचित्र पत्रकार संघको भव्य राष्ट्रिय भेला जेठ ६ देखि ९ गतेसम्म श्रीअन्तुमा


काठमाडौं।  चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको केन्द्रीय समितिको आज बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। चार दिने यो कार्यक्रममा देशभरिबाट चलचित्र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने संघले जनाएको छ।

कार्यक्रमअन्तर्गत वृहत राष्ट्रिय चलचित्र पत्रकारिता कार्यशाला समेत सञ्चालन गरिनेछ। कार्यशालामा नेपाली चलचित्र पत्रकारिताको वर्तमान अवस्था, बदलिँदो परिदृश्य, सम्भावना र चुनौतीबारे गहन छलफल गरिने योजना छ। संघले कार्यशालालाई चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि र सञ्जाल विस्तारका लागि महत्वपूर्ण अवसरको रूपमा लिएको जनाएको छ। चलचित्र पत्रकार संघ नेपालले वार्षिक उत्सव तथा राष्ट्रिय भेला मार्फत संस्थागत एकता बलियो बनाउने, नयाँ पुस्ताका पत्रकारहरूलाई उत्प्रेरित गर्ने र चलचित्र पत्रकारिताको क्षेत्रमा थप सक्रियता ल्याउने लक्ष्य राखेको छ।

नेपालको चलचित्र पत्रकारितालाई व्यवस्थित र सुदृढ बनाउन संघले विगत दुई दशकभन्दा लामो समयदेखि विविध गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको भेला विशेषगरी युवा पत्रकारहरूलाई नेतृत्व विकास र पेशागत दक्षता अभिवृद्धितर्फ केन्द्रित रहने बताइएको छ। कार्यक्रमको विस्तृत कार्यतालिका र सहभागीहरूको अन्तिम नामावली चाँडै सार्वजनिक गरिने संघले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.