बलिउड स्टार जितेन्द्र नेपालमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पछिल्लो समय बलिउडका सेलिब्रेटीहरु आउने क्रम बढ्न थालेको छ। यस्तैमा चर्चीत बलिउड अभिनेता जीतेन्द्र कपुर नेपाल आएका छन्। आइतबार मध्यान्न २ बजे उनि नेपाल ओर्लिएका हुन्। व्यक्तिगत भ्रमणका लागि श्रीमती शोभा कपुरको साथमा उनि नेपाल आएका हुन्। बिहान ११ बजे भने चलचित्र ‘शोले’का वितरक रमेश सिप्पी नेपाल आएका थिए। रमेश शोभा कपुरका दाई हुन्।
jitendra-in-nepal
जीतेन्द्रले त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै आफू चौथो पटक नेपाल आएको बताए । पत्नी शोभा कपुरले भने दोश्रो पटक नेपाल आएको बताइन्। उनीहरु हायात होटलमा रहनेछन्। सन् १९७४ मा जीतेन्द्र पहिलोपटक हनिमुन मनाउन नेपाल आएका थिए। उनले नेपाल आफूलाई असाध्यै मनपर्ने भएकाले आएको बताए । उनीहरुले नेपालका अधिकांश मन्दिर र पोखराको भ्रमण गर्ने जनाए। करिब एक साता उनीहरु नेपालमा रहनेछन्। यो उनीहरुको निजी भ्रमण हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.