चलचित्र प्रोड्युसर को फर्स्ट लुक पोस्टर र प्रोमो तयार


सेलेब्रिटी नेपाल मङ्सिर १३-पाँच दर्जन जति म्युजिक भिडियो सय ओटा जति टेलिभिजन एड एउटा टेली सिरियल निर्देशन पश्चात जनक दिप पराजुली निर्देशन गरेको चलचित्र प्रोड्युसर सम्पादनको अन्तिम चरणमा पुगेको छ चलचित्र को फर्स्ट लुक प्रोमो तयार भयको निर्देशक पराजुलीले जानकारी दिए ।
द मिडियाज् कलेक्शनको प्रस्तुति तथा आरसी पिक्चर्सको सहभागितामा बनेको ‘प्रोड्युसर’ को फर्स्ट लुक पोस्टर र प्रोमो यहि हप्तामा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने चलचित्रका निर्देशक जनकदिप पराजुलीले सेलेब्रिटी नेपाललाई बताए।
राजकुमार राईको निर्माण रहेको चलचित्र चलचित्र बनाउन चाहनेहरु र चलचित्रमा काम गर्नेहरुको कथा र उनीहरुले गर्नुपर्ने संघर्षमा आधारित छ । चलचित्रमा श्याम राई निर्माता, बाबु बोगटी निर्देशक, श्याम अर्याल नायक, विल्सन बिक्रम राई प्रोडक्सन मेनेजरको अभिनय गरेका छन् भने उनीहरुको अलावा श्वेता भट्टराई, पायल रायमाझी रबिन्द्र खड्का, युवराज लामा, लक्ष्मीनाथ शर्मा लगाएको अभिनय रहेको सो चलचित्रमा तीन वटा गीत समावेश गरिएको छ ।

चलचित्र भित्रको राष्ट्रसेवक नामक चलचित्रमा राष्ट्रियताको बिषयलाई उठान गरिएको छ । नेपालीले नेपाली चलचित्रलाई माया गर्नुपर्ने अनुरोधात्मक सन्देश प्रोड्युसरमा रहेकोले एकपटक हेर्नैपर्ने निर्देशक पराजुलीले बताए । हरेक चलचित्रमा पर्दामा देखिनेहरुको बारेमा चर्चा मात्र हुने भएता पनि प्रोड्युसरमा निर्माता र निर्देशकले भोग्नु पर्ने पिडालाई नाटकिय शैलीले प्रस्तुत गरिएको बताईएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.