‘ऊनको स्वीटर’को प्रचार पोखरा र धरानमा हुँदै सुजन चापागाईं कलाकारसहित दर्शकमाझ


काठमाडौं । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को प्रचार–प्रसारलाई तीव्रता दिन निर्माण पक्षले पोखरा र धरानमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

गीत निर्देशकसमेत रहेका गायक सुजन चापागाईंले चलचित्रका कलाकारसहित दर्शकमाझ पुग्ने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’ शीर्षकमा आयोजना हुनेछ।

पोखराको कार्यक्रम वैशाख १२ गते अपराह्न ४ बजे लेकसाइडस्थित हल्लन चोकमा आयोजना हुनेछ। कार्यक्रममा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई तथा निर्देशक नवीन चौहानको उपस्थिति रहनेछ।

कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा नृत्य, कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा प्रस्तुति दिनेछन्। गायक चापागाईंले ‘फूल’ गीत गाउने छन्। त्यस्तै, झलकमान गन्धर्वको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम पनि तय गरिएको छ।

धरानको कार्यक्रम वैशाख १८ गते साँझ ५ बजे रंगशालामा हुनेछ। कार्यक्रममा सुजन चापागाईंको साथमा ‘द इन्फिनिटी ब्यान्ड’ रहनेछ भने ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र गायिका सुनिता थेगिमले प्रस्तुति दिनेछन्।

हालै सार्वजनिक भएको ‘काफ्ले’ गीत सामाजिक सञ्जालमा चर्चामा रहेको छ। यसअघि सार्वजनिक ‘फूल’ र ‘मखमली’ गीतले पनि दर्शकको ध्यान तानेका छन्।

चलचित्रको ट्रेलर भने वैशाख १६ गते काठमाडौंमा सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.