‘कोशेढुङ्गा’ भदौ १२ गतेबाट प्रदर्शनमा आउने


काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र भदौ १२ गते बाट प्रदर्शनमा आउनेछ।
सार्वजनिक चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओढ्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।

उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ ।

सिनेमाको कथाबारे निर्माणपक्षले केही खुलाएको छैन । चलचित्र ‘कोशेढुङ्गा’ मा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ । महिलाप्रधान चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत छ । सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.