थिएटरदेखि सिनेमासम्मको यात्रा: समापिका ‘खेल’मा


काठमाडौ। नेपाली लोककथा, अध्यात्म र थ्रिलर मिसिएको नयाँ नेपाली चलचित्र ‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। सस्पेन्स र रहस्यले भरिएको कथाले काठमाडौंको होस्टेलमा बस्ने युवाहरूको अनुभवमार्फत जीवनका अनकन्टार पाटो समेट्ने कोशिस गरेको छ।

चलचित्रमा समापिका गौतमले ‘ईसा’ नामक पात्रमार्फत ठूला पर्दामा डेब्यु गरेकी छन्। रंगमञ्चबाट अभिनय यात्रा थालेकी उनले ‘खेल’ लाई आफ्नो कलाकारिताको पहिलो गम्भीर परीक्षा मानेकी छन्।
“सानैदेखि पर्दामा कलाकारलाई हेर्दै हुर्किएकी हुँ,” उनले भनिन्, “अब आफू पर्दामा देख्दा शब्दभन्दा परको अनुभूति हुन्छ।”

समापिकाका अनुसार ईसा पात्र संवेदनशील र सम्बन्धप्रति प्रतिबद्ध युवती हुन्, जससँग कतिपय भावनात्मक समानता उनीसँग पनि मेल खान्छ। थिएटर अभिनयले आत्मविश्वास दिलाएको बताउने उनले चलचित्र अभिनयलाई पनि त्यत्तिकै गम्भीरतासाथ लिएर अगाडि बढेकी छन्। “मलाई सिकेका कुरा अभिव्यक्त गर्न पाउँदा सन्तोष मिल्छ,” उनी भन्छिन्।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो। लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेका चलचित्रमा समापिकासँगै सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको पनि अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.