‘मिस एसईई ईटहरी’को पहिलो अडिसनमा २० जना सहभागी


काठमाडौ। एसईई दिएर बसेका किशोरीहरुलाई मध्यनजर गर्दै आयोजना हुन लागेको ‘मिस एसईई ईटहरी’को पाँचौं संस्करणको पहिलो अडिसन इटहरीमा सम्पन्न भएको छ । पहिलो अडिसनमा इटहरी र आसपासका २० जना किशोरीहरुको सहभागिता रहेको आयोजक संस्था ओपन स्पेस मिडिया प्रालिका संचालक तथा यो प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले बताए ।

इटहरीमा अवस्थित फुडसाला क्याफेमा आयोजना गरिएको पहिलो अडिसको निर्णायकहरुमा मनिष गिरी, जेनिशा राई, शुभेक्षा कार्की र प्रियंका थापा रहेका थिए । यो प्रतियोगिताको दोश्रो तथा अन्तिम अडिसन यही वैशाखको तेश्रो हप्तामा गरिने निर्देशक श्रेष्ठ बताउँछन् ।

यो सौन्दर्य मात्र नभई बौद्धिक प्रतिभा प्रष्फुटन गर्ने प्रतियोगिता पनि हो । आयोजकले यसअघि यो प्रतियोगिताको ४ ओटा संस्करण सफलताका साथ सम्पन्न गरिसकेका छन् । अन्तिम अडिसन पश्चात यो प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन्।

यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गरिने आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।