‘कथाले मन जितेमा नेपाली चलचित्रमा काम गर्छु’ आमिर


(सेलिब्रेटी नेपाल) काठमाडौँ
यूनिसेभको दक्षिण एसियाका लागि पोषण दुत रहेका चर्चित नायक आमिर खान यससम्बन्धी जनचेतना जगाउने क्रममा यति खेर नेपालमा छन् उनि मंगलबार नेपाल आइ पुगेका हुन्। उनि लुम्बिनीमा पुग्दा उनीजस्तै १८ वर्षदेखि स्वयमसेविका रहेकी अजोरमति रैदासले सबै महिलालाई झुल दिन सकियो भने राहत पुग्ने बताएकी थिइन्। लामखुट्टेबाट रोगव्याधि फैलने हुँदा पहिले आफ्नो सुरक्षाका लागि झुल मागेको उनको भनाइ थियो।
Amir-Khan-in-nepal
आज काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको एक औपचारिक कार्यक्रममा बोल्दै आमिरले आफु लाई कथाले मन छोएमा नेपाली चलचित्रमा पनि काम गर्न सक्ने बताएका छन्। ‘मलाई कथाले मेरो मन छोएमा भाषा मुख्य कुरा होइन नेपाली चलचित्र पनि मेरो लागि ठुलो हुन्छ’ आमिरले भने। सबै भन्दा ठुलो प्रेरणा आफ्नो आमा बाट पाएको बताउने नायक आमिर सबै भन्दा ठुलो भनेकै आमा हो भन्छन। भ्रुण हत्याको बारेमा बोल्दै आमिरले भ्रुण हत्या रोक्नु जरुरि रहेको र यसमा सबै जना जागरुक हुनु पर्ने बताएका छन्।