अमेरिकामा घर, पर्दामा कथा — ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक


काठमाडौं । नेपाली परिवारको अमेरिका बसाइ कस्तो हुन्छ? त्यहीँको वास्तविकता, हासो–व्यंग्य र भावनालाई समेटिएको नयाँ वेब सिरिज ‘घर बट् इन अमेरिका’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले अमेरिकामा स्थायी बसोबास गरेका नेपालीहरूको जीवनशैली र पारिवारिक सम्बन्धको कथा बोकेको छ। सिरिज नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत सार्वजनिक हुने पहिलो व्यावसायिक सिरिज मानिएको छ।

सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख दोस्रो हप्ता रिलिज हुँदैछ। रमाइलो कुरा के छ भने—सिधै १२ वटै एपिसोड एकैचोटि स्ट्रिमिङमा आउनेछन्। सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिचुएशनल कमेडी–ड्रामा अमेरिकामै छायांकन गरिएको हो।

सिरिजका निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारी भन्छन्, “अमेरिकामा बस्दा नेपालीहरूको जीवनमा के–के हुन्छ, त्यो पर्दामा देखाउनु जरुरी लागेर यो प्रोजेक्टमा हात हालेको हुँ।” उनका अनुसार सिरिजले हाँस्यरसका साथै आत्म–पहिचान र प्रवासी पीडासँग पनि दर्शकलाई जोड्नेछ।

अभिनेत्री अरुणिमा लम्साल पनि झन्डै १० वर्षपछि अभिनयमा फर्किएकी छिन्। साथमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा पनि छन्।

सिरिजमा रोशन घिमिरे मुख्य निर्माता हुन् भने सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा छन्। कथा, पटकथा र संवाद विवेक चम्लागाईंको हो। छायांकनदेखि सम्पादन, साउन्ड डिजाइन र पोस्ट प्रोडक्सनसम्म अनुभवी टोलीको सहकार्य छ—विक्रान्त मान श्रेष्ठ, मित्र डि गुरुङ, अमित श्रेष्ठ, कपिल पराजुली, विषम आचार्य लगायतका।

नेपाली दर्शकलाई अमेरिका बसाइको कथासँग हसाउने, रून लगाउने र सोच्न बाध्य बनाउने यो सिरिज ओटीटीको नयाँ अध्यायको सुरुवात बन्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.