‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’


काठमाडौं । अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’मा पुरानो चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ समावेश गरिएको छ। फिल्मको प्रचारस्वरूप उक्त गीतको रिक्रियट संस्करण मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

गीतको मूल संस्करण फिल्म ‘दैव संजोग’मा समावेश थियो, जसमा शम्भुजित बास्कोटा र देविका बन्दनाको स्वर रहेको थियो। रिक्रियट संस्करणमा भने शम्भुजित बास्कोटासँगै गायिका रचना रिमालको स्वर रहेको छ। शब्द र संगीत पनि शम्भुजितकै हो।

गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। राजु विक्रम थापाको छायांकन, साहिल खानको सम्पादन रहेको भिडियोमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, बाल–कलाकार एभेलिना खड्का र समाइरा थापाको अभिनय तथा नृत्य देख्न सकिन्छ।

फिल्म ‘नरसिंहाः अवतार’मा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, प्रकाशजंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट र टार्जनलगायत कलाकारको पनि अभिनय छ।

फिल्मको कथा चन्द्र पन्तले लेखेका हुन्। दिवाकर भट्टराइ निर्देशित फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, समीर मियाको भीएफएक्स तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ। जेठ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले हमालको आठ वर्षपछि पर्दामा पुनरागमन गराउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.