काठमाडौँ। नयाँ बर्ष ०८२ को अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरि टाइटल डिजाइन सार्वजनीक गरिएको हो । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको फिल्मको लेखक काजी लिम्बू हुन् । निर्देशक,कलाकार तथा प्राबिधिक बारे बिस्तृतमा केही समयपछि जानकारी दिइने समिश्रण मुभीजका अध्यक्ष अन्जन शर्माले बताए । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्मका दृश्य गाउँ र काठमाडौंमा खिचिने बताइएको छ । ‘जदौ’ ०८२ सालभित्रै दर्शकमाझ ल्याइने योजना निर्माण पक्षको छ ।
सम्बधित पोस्टहरु
खिल बहादुर निर्देशित चलचित्र ‘रिमै’ को प्रदर्शन स्थगित
काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रिमै’को प्रदर्शन हाललाई स्थगित गरिएको छ । चलचित्रको निर्माण कम्पनी गोरखा सिरानचोक एण्ड लिगलिगकोटले मंगलबार एक विज्ञप्ती जारी गर्दै हाल चलिरहेको बिषम परिस्थिति सामान्य...
चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने
काठमाडौँ। यही भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने भएको छ । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन स्थगन गरिएको हो । निर्माता कम्पनी सेभेन सिज...
सिनेमा घरले मनाए शोक, देशभरका १६५ सिनेमा हल बन्द
काठमाडौँ। देशभर भएको जेन जीको प्रदर्शनपछि उत्पन्न घटनामा ज्यान गुमाएका युवाको शोकमा सिनेमा हल बन्द गरिएको छ। चलचित्र संघको आह्वानमा मंगलबार देशभरका १६५ सिनेमा हलहरू बन्द भएका हुन् । संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको...
नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस : दोस्रो दिनको कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले...
फिल्म ‘मितज्यु’मा अरुण पुन अनुबन्ध
काठमाडौं। अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए। यसअघि यो फिल्ममा अभिनेता...
नेपालमा रिलिज भयो दक्षिण कोरियाली थ्रिलर ‘न्वाइज’
काठमाडौं। दक्षिण कोरियाली साइकोलोजिकल थ्रिलर चलचित्र न्वाइज (२०२४) नेपालका सिनेमाघरहरूमा प्रदर्शन भइरहेको छ र दर्शकहरूबाट उत्साहजनक माया तथा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। राखी मोशन पिक्चर्सद्वारा वितरित यस चलचित्रले आफ्नो...