‘मोहर’ टिमको नयाँ फिल्म ‘ढुकढुकी’ घोषणा


काठमाडौं। फिल्म ‘मोहर’ निर्माण टिमले नयाँ वर्ष २०८२ को अवसर पारेर नयाँ फिल्म ‘ढुकढुकी’को घोषणा गरेको छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘फिल्ममेकर प्रा.लि.’ को प्रस्तुति रहनेछ।

फिल्ममा निर्माता चुम्बन जंग शाही रहेका छन्। निर्माण टिमका अनुसार ‘ढुकढुकी’को छायांकन तिहारपछि सुरु हुने छ। अहिले फिल्मका लागि कलाकार टुंगो लाग्न बाँकी छ।

यसअघि ‘ढुकढुकी’ शीर्षककै फिल्म विनोद मानन्धरले निर्माण गरेका थिए, जसको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए। अब भने ओम स्वयं ‘ढुकढुकी’ निर्देशनमा होमिएका छन्।

ओमकै निर्देशन र चुम्बनको निर्माणमा तयार भएको फिल्म ‘मोहर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ। ‘मोहर’ रिलिज भएपछि ‘ढुकढुकी’को छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.