ओटीटी ‘सिनेमाघर’मा दुई ब्लकबस्टर फिल्म


काठमाडौं। नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को अवसर पारेर दुई ब्लकबस्टर चलचित्र ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ। नेपाली फिल्मलाई डिजिटल माध्यमबाट विश्वभरका दर्शकसम्म पुर्‍याउँदै आएको ‘सिनेमाघर’मा यी दुवै फिल्म हेर्न सकिनेछ।

सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ले नेपाली समाजमा अझै गहिरो रूपमा रहेको बोक्सी प्रथालाई कथाको केन्द्रमा राखेको छ। अभिनेत्री केकी अधिकारीले बोक्सीको आरोप खेप्न बाध्य एक महिलाको भूमिका निर्वाह गरेकी छन्। २०८१ साल वैशाख १४ गते हलमा आएको फिल्म ५१ दिनसम्म प्रदर्शनमा रहेको थियो।

त्यस्तै, उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ले ग्रामीण जीवन र काठ क्षेत्रमा आश्रित श्रमिक वर्गको कथा बोलेको छ। दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्। फिल्म २०८१ साल वैशाख २१ गते प्रदर्शनमा आएको हो।

‘सिनेमाघर’ एन्ड्रोइड, आइओएस, स्मार्ट टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिनेछ। दर्शकले मास्टरकार्ड, भिसा कार्ड तथा नेपाल–भारतबाट डिजिटल वालेट वा क्युआर कोडमार्फत भुक्तानी गरी फिल्म हेर्न सक्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.