मिरमिरे उज्यालोसँगै याम शेर्पाको नयाँ यात्रा, ‘मिरमिरे’ घोषणा


काठमाडौं । बिहानको पहिलो किरण, शान्त ग्रामीण परिवेश, अनि नयाँ सपना बोकेका दुई पात्र— यही भाव बोकेको थिम पोस्टरसँगै निर्देशक याम शेर्पाले नयाँ सिनेमा ‘मिरमिरे’ को घोषणा गरेका छन्।

‘कार्साङ’ मार्फत निर्देशनमा डेब्यु गरेका शेर्पाले नयाँ वर्ष २०८२ को सुरुवातसँगै आफ्नो दोस्रो निर्देशनको घोषणा गरेका हुन्। थिम पोस्टरमा एक पुरुष र एक महिला पात्र मिरमिरे उज्यालोमा सूर्यतर्फ फर्किएका देखिन्छन्— उनीहरू केही नयाँ सुरुवातको तयारीमा छन्, जस्तै निर्देशक आफैँले पनि ‘मिरमिरे’मार्फत नयाँ कथा भन्न लागेका छन्।

ग्रामीण समाजको कथा बोकेको ‘मिरमिरे’ को कथा पनि निर्देशक याम शेर्पाले नै लेख्नेछन्। “हाम्रो सिनेमा सामाजिक विषयवस्तुमा आधारित हुनेछ,” उनले भने, “कलाकारबारे छिट्टै जानकारी दिँदै जानेछौँ।”

निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानीमा बन्ने यो सिनेमा यार्सा फिल्म्सको प्रस्तुति हुनेछ भने वितरण आरआर फिल्म्सले गर्नेछ। चलचित्र यही वर्ष प्रदर्शनमा ल्याउने योजना भए पनि मिति भने तोकिएको छैन।

‘कार्साङ’ मा भएका केही कमजोरीहरूबाट सिक्दै यसपटक दर्शकको चाहना अनुसारको सशक्त सिनेमा बनाउने प्रतिबद्धता निर्देशक शेर्पाले व्यक्त गरेका छन्। “मिरमिरेमा पनि दर्शकको साथ र विश्वास पाउने आशा राखेको छु,” उनले भने।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.