एलिजा गौतमलाई ‘बेष्ट योङ अन्टरप्रन्योर’ अवार्ड


काठमाडौं। अभिनेत्री तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेश्नल एचिभमेन्ट अवार्ड २०२५’ अन्तर्गत ‘बेष्ट योङ अन्टरप्रन्योर’ अवार्डबाट सम्मानित भएकी छन्।

उनीलाई अवार्ड इन्डोनेसियाको बालीमा शुक्रबार सम्पन्न विशेष समारोहमार्फत प्रदान गरिएको हो। निकिला मिडिया नेटवर्कको आयोजनामा तथा बाली पेजेन्ट्सको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कलाकारिता, टेलिभिजन निर्देशन र व्यवसायिक क्षेत्रमा सक्रिय गौतमले पछिल्ला वर्षहरूमा विभिन्न विधामा आफ्नो पहिचान बनाएकी छन्। अभिनयसँगै उद्यमशीलता पनि सँगै अघि बढाउँदै आएकी उनी यो सम्मानकी पात्र बनेकी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.