लुईटेललाई थाइल्याण्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड


काठमाडौँ । संचारकर्मी एवं म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज) ले थाइल्याण्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड जित्न सफल भएका छन् ।

बैंककस्थित प्रिन्सटन होटलमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक राजलाई ‘माया मार्यौ’ बोलको गीतको म्यूजिक भिडियोबाट उक्त अवार्ड प्रदान गरिएको हो । हिमालयन ईन्टरनेशनल अवार्ड समारोहमा थाइल्याण्ड प्रतिष्ठित व्यक्तित्वहरुको हातबाट उनले सो अवार्ड प्राप्त गरेका थिए ।

सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुकमा नाम लेखाउन सफल राज केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका थिए

छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका र प्याजेन्ट नेपालका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा।एपिजे अव्दुल कलाम सेवा सम्मान,ईन्टरनेशनल युथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट सम्मानित भईसकेका छन । फेयर एक्सप्रेस पत्रिकाका प्रबन्ध निर्देशक रहेका उनी नेपालमा सफल कार्यक्रम व्यबस्थापकको रुपमा परिचित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.