एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा


काठमाडौँ। नयाँ वर्षको अवसर पारेर आज शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आएका छन् । कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ प्रदर्शनमा आएका हुन्। दुवै सिनेमाले राम्रो शोज पाएका छन्।

मल्टिस्टारर फिल्म ‘पिताम्बर’ केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

बालकलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)को समेत अभिनय रहेको फिल्मका निर्माता विशाल चौलागाईं हुन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा आशीष अविरल र बाबुल गिरीको संगीत छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्म आरआर फिल्मस्ले वितरण गरेको हो ।

‘कर्मा’ मा विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म असर पुर्‍याउँछ भन्ने कथा देखाउन खोजिएको सिनमामा पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा समेत छ । फिल्म नेपाल र विदेशमा कतिपय देशमा एकसाथ प्रदर्शनमा आएको हो । फिल्ममा भास्कर स्वाँरको सङ्गीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति फिल्ममा वसन्त लम्सालको लगानी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.