‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक, जेठ ९ गतेबाट प्रदर्शनमा आउँदै


काठमाडौँ। जेठ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार राज कटुवाल र सनिषा भट्टराईलाई रोमान्टिक जोडीका रूपमा प्रस्तुत गरिएको छ।

चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका राज कटुवाल यस चलचित्रबाट मुख्यधारको नायकको रूपमा उदाउने तयारीमा छन्। उनले यस फिल्ममा अभिनेता राजेश हमालसँग स्क्रिन शेयर गरेका छन्। अभिनयमा स्थापित हुन उनले एक्सनको विशेष प्रशिक्षणसमेत लिएको जनाइएको छ।

‘१२ गाउँ’बाट चर्चा कमाएकी अभिनेत्री सनिषा भट्टराई ‘नरसिंहाः अवतार’मा अझ बुलन्द अभिनयका साथ देखिने तयारीमा छिन्। दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यस फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी रहेको छ।

फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिव जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायत कलाकारको अभिनय रहेको छ। पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन्।

फिल्ममा राजु विक्रम थापाको छायांकन, कविराज गहतराज र माइकल चन्दको नृत्य निर्देशन, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन निर्देशन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन तथा शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत रहेको छ। करण सिंह प्रोडक्सन डिजाइनर तथा वसन्त अधिकारी एसोसियट निर्देशकका रूपमा छन्।

पहिलो झलक सार्वजनिक भएदेखि नै चर्चा बटुलिरहेको यो फिल्मको नयाँ पोस्टरले दर्शकको उत्साह थप बढाएको छ। पोस्टर हेर्दा चलचित्र एक्सन र रोमान्स दुवै विधामा तयार पारिएको संकेत मिल्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.