‘कर्मा’मा विपीनको एक्सन डेब्यु


काठमाडौं। सामाजिक कथामा अभिनय गर्दै आएका अभिनेता विपीन कार्की पहिलोपटक एक्सन भूमिकामा देखिन लागेका छन्। निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘कर्मा’ मा उनी एक्सन अवतारमा प्रस्तुत हुँदैछन्।

नयाँ जनरामा काम गर्न इच्छुक विपीन निर्देशक चौधरीको पहिलो अफरमै तयार भएका थिए। फिल्मका लागि उनले तौल घटाउने र जिम जानेजस्ता तयारीसमेत गरेका छन्।

निर्देशक चौधरीले ‘कर्मा’ मार्फत नेपाली एक्सन फिल्मको परिभाषा फरक ढंगमा प्रस्तुत गर्ने उद्देश्य राखेका छन्। उनका अनुसार, एक्सन जनराको फिल्म भन्नलाई त्यसमाथि आधारित दृश्यको उपस्थिति पनि पर्याप्त हुनुपर्छ।

वसन्त लम्सालको लगानी रहेको फिल्ममा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेबलगायतको अभिनय छ। सञ्जय लामाको छायांकन, भाष्कर स्वरको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको ‘कर्मा’ चैत २९ गते प्रदर्शनमा आउँदैछ।

 

Copyright © 2012 - 2026 | All Right Reserved.