हिम्मतवाली रेखालाई निर्माता संघले गर्यो कारबाही


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायिका बाट निर्मात्री हुँदै निर्देशक समेत बनेकी रेखा थापालाई नेपाल चलचित्र निर्माता संघले कारवाही गरेको छ। संघको विधानको दफा १० को (घ) बमोजिम संघको नीति, उद्देश्य र हित विपरित कार्य गरेको ठहरिएकोले रेखाको कम्पनी रेखा फिल्मस् र रेखालाई संघको साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो।
Rekha-thapa
बुधवार बसेको आकस्मिक बैठकले चलचित्र संघसँगको सहमति विपरित बुधवार नै ‘हिम्मतवाली’ प्रदर्शन गरेकोमा खेद प्रकट गरेको संघका महासचिव केशव भट्टराईको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ। “नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सम्पन्न १९ बुँदे सहमति अनुरुप नयाँ स्वदेशी चलचित्र अनिवार्य रुपमा शुक्रवार मात्रै रिलिज गर्ने गराउने भन्ने सहमति विपरित नेपाल चलचित्र संघले काठमाण्डौमा विभिन्न हलहरुमा बुधवार नै एक स्वदेशी चलचित्र प्रदर्शन गराउन हलहरुलाई पत्राचार गरी सो चलचित्र रिलिज गराएको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तीमा भनिएको छ, “आँफैले गरेको सहमतिको उल्लंघन गरी नेपाल चलचित्र संघले एकतर्फि ढंगले निर्माता संघसँगको सहमति र सहकार्य तोड्ने बाटोमा अग्रसर देखिएको प्रति हामी गम्भीर खेद प्रकट गर्दछौँ।”

नेपाल चलचित्र निर्माता संघ र बेपाल चलचित्र संघ बीच २०६० श्रावण २३ गते भएको सम्झौताको बुँदा नं. ९ लाई आधार मान्दै चलचित्र प्रदर्शनमा रोक लगाईएको हो। उक्त बुँदामा “काठमाण्डौ उपत्यकामा नयाँ स्वदेशी चलचित्र प्रदर्शन गर्दा अनिवार्य रुपमा शुक्रवार मात्र गर्नु पर्ने छ” उल्लेख गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.