शुक्रबारदेखि लाग्दै दुई एक्सन फिल्म,खुल्यो अग्रिम टिकट बुकिङ


काठमाडौँ। आउँदो शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन लागेका हुन्।

मल्टिप्लेक्स हलहरूले यी फिल्मको एडभान्स बुकिङ खुलाइसकेका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सनले मंगलबार फिल्मको शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ।

आईएनआई सिनेमाज, विग मुभिजले पनि मंगलबार बेलुकासम्म बुकिङ खुलाइसकेको छ। मल्टिप्लेक्समा ‘कर्मा’ भन्दा ‘पिताम्बर’ ले बढी शो पाएको छ।

यी दुवै फिल्ममा दर्शकले रूचाएका कलाकारहरू छन्। ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्ट आदि कलाकारहरूको अभिनय छ।

‘कर्मा’ मा विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी लगायतको अभिनय छ। ‘पिताम्बर’ र ‘कर्मा’ दुवै स्टार कलाकार भएको र एक्सन जनरामा बनेका फिल्म हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.