सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’, प्रदर्शनअघि नै दर्शकको ध्यानमा


काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र कर्मा नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेदेखि देश–विदेशमा एकसाथ प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिँदै जाँदा फिल्मले सामाजिक सञ्जाल र युट्युबमा उल्लेखनीय हाइप बनाएको छ।

ट्रेलर, टाइटल गीत र ‘पागल’ बोलको गीत दर्शकमाझ लोकप्रिय बनेका छन्। गायक सुशान्त केसीको स्वर, शब्द र संगीत रहेको ‘पागल’ गीत युट्युब म्युजिक ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ। उता, गायक दुर्गेश थापाको स्वर, शब्द र संगीतमा तयार टाइटल गीत पनि छोटो समयमै १४औँ स्थानमा ट्रेन्डिङमा पुगेको छ।

फिल्मको ट्रेलर युट्युब मुभी ट्रेन्डिङमा छैटौँ स्थानमा छ। ट्रेलरमा भ्रष्ट प्रणालीले निर्दोष युवालाई अपराधतिर कसरी धकेल्छ भन्ने कथा देखाइएको छ, जुन दर्शकले मन पराएका छन्।

एक्सन, सस्पेन्स र ड्रामाको मिश्रणमा तयार भएको फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेव, बेन बस्नेतलगायत कलाकारको अभिनय छ।

वसन्त लम्सालको लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

 

Copyright © 2012 - 2026 | All Right Reserved.