‘वसन्त’को सफल यात्रा : पर्दामा सरप्राइजसँगै स्टार कलाकारको जमघट


काठमाडौं। प्रकाश सपुतको  डेब्यु निर्देशनमा बनेको फिल्म ‘वसन्त’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ। चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको यो सिनेमाले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

सिनेमामा उठाइएको विषयवस्तु, गीत-संगीत र प्रस्तुतीकरणको दर्शकहरूले खुलेर प्रशंसा गरिरहेका छन्। साथमा, निर्देशक तथा अभिनेता प्रकाश सपुतले दर्शकलाई केही सरप्राइज पनि दिएका छन्।

फिल्म हेर्दा दर्शकले महानायक राजेश हमाललाई लामो समयपछि पर्दामा देख्न पाउँदा चकित हुने गर्छन्। हमालसँगै दिलीप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्त, लोकदोहोरी गायिका शान्तिश्री परियार र मोडल अञ्जली अधिकारीको पनि विशेष उपस्थिति छ।

यति धेरै चर्चित कलाकारको अभिनय भए पनि निर्देशक सपुतले सिनेमाको प्रदर्शनअघि यसबारे कुनै जानकारी सार्वजनिक गरेका थिएनन्। फिल्म रिलिजपछिका दिनमा ती कलाकारहरूको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

धेरैले निर्देशकले कलाकारहरूको उपस्थिति पहिल्यै सार्वजनिक गरेको भए फिल्मको व्यापार अझ बढ्न सक्थ्यो भन्ने प्रतिक्रिया दिएका छन्। तर, दर्शकले हलमै गएर यी कलाकारहरूको भूमिका र प्रभाव अनुभव गर्नुपर्छ।

प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लामगादे, अनुप बराल र प्रकाश घिमिरेले मुख्य भूमिका निर्वाह गरेका छन्।

फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता छन् भने कार्यकारी निर्मातामा विरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.