‘पिताम्बर’को ट्रेलर ट्रेन्डिङको शिखरमा


काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबको मुभी सेसनमा पहिलो स्थानमा ट्रेन्डिङमा परेको छ। मंगलबार सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमै २० लाखभन्दा बढी पटक हेरिएको छ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्।

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले अभिनय गरेका छन्।

फिल्मका निर्माता विशाल चौलागाईं हुन्। सह–निर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं रहेका छन्। सुमन गौतम कार्यकारी निर्माता हुन्।

फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्। छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन्। सम्पादन तथा ट्रेलर बन्दे प्रसादले तयार पारेका हुन्।

संगीत आशीष अविरल र बाबुल गिरीको रहेको छ भने द्वन्द्व निर्देशन हिमाल केसीको छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.