चलचित्र ‘द महावीर’ निर्माणको घोषणा


काठमाडौ। निर्माणपक्षले चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गर्दै थिम पोस्टर सार्वजनिक गरेको छ। जिबी आग्रीले निर्देशन गर्ने यस चलचित्रको कथावस्तु बारेमा निर्माणपक्षले भने कुनै विवरण खुलाएको छैन। तर, पोस्टरको रंग र थिम देखेर युद्धको पृष्ठभूमिमा आधारित रहने अनुमान गरिएको छ। पोस्टरमा दुईवटा बलिष्ठ घोडा दौडाउँदै दोहोरो संघर्षको दृश्य देखाइएको छ, जुन युद्धको संकेत गर्न सक्छ।

थिम पोस्टरमा एक ठूलो तरवार रातो कपडाले ढाकिएको अवस्थामा राखिएको छ, जसले युद्धको संकेत थप पुष्टि गरेको छ। चलचित्रको स्लोगन ‘राइज, फाइट, कन्क्वेर’ले दुई पक्षबीचको द्वन्द्व र संघर्षको संकेत गर्दछ।

चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन्। लक्षरा फिल्सको प्रस्तुति रहने यस चलचित्रको निर्माणमा कृष्ण बिके, बिआर रेड्डी, र सन्तोष लुहार सामेल छन्। सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहेका छन्। वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माता हुन्, जबकि डिरेक्टर अफ फोटोग्राफीको जिम्मा सरण रिसीलाई दिइएको छ।

यो चलचित्र हिन्दी र नेपाली भाषामा निर्माण हुनेछ र डल्बी एटमस साउन्ड सिस्टममा सुनिनेछ। तर, चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने बारेमा निर्माणपक्षले हालसम्म जानकारी दिन सकेको छैन। साथै, रिलिज डेट पनि घोषणा गरिएको छैन। निर्देशक जिबी आग्रीले भने, “हामी केही समयपछि कलाकार र रिलिज डेट बारे जानकारी दिनेछौँ। हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.