‘वसन्त’को माउथ पब्लिसिटी बलियो, दर्शकले भने– राजनीतिक होइन, सामाजिक सिनेमा


काठमाडौं। अभिनेता तथा निर्देशक प्रकाश सपूतको डेब्यु निर्देशन रहेको सिनेमा ‘वसन्त’ले माउथ पब्लिसिटीमार्फत राम्रो चर्चा पाइरहेको छ।

गत शुक्रबार (चैत २२) बाट प्रदर्शनमा आएको सिनेमाले दर्शकसँग भावनात्मक सम्बन्ध बनाएको सपूतले बताए। “सिनेमा दर्शकसँग कनेक्ट भइरहेको छ,” सपूतले भने, “त्यसैले माउथ पब्लिसिटी बलियो भइरहेको छ।”

राजनीतिक सिनेमा भन्ने हल्लाबीच हल पुगेका दर्शकले ‘वसन्त’लाई सामाजिक सन्देश बोकेको सिनेमा बताएका छन्। “कुनै पार्टीको पक्षमा छैन, यो त साँचिकै समाजको कथा हो,” एक दर्शकको प्रतिक्रिया छ।

सिनेमाले नेपालको गाउँ–सहरको विभेद, संघर्ष र परिवर्तनलाई उजागर गरेको बताइन्छ। “सिनेमाले हाम्रो समाजको अवस्थालाई चिर्दै गहिरो सन्देश दिएको छ,” सपूत भन्छन्।

प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, अनुप बराल, विशाल पहाडी, कमलमणि नेपाल लगायतको अभिनय रहेको फिल्मको कथा, पटकथा र संगीत सपूतकै छन्।

विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपना र संघर्षमा आधारित यो सोसल ड्रामा गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको हो। निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन्।

फिल्म काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीमार्फत प्रदर्शन भइरहेकाे छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.