चलचित्र निर्देशक समाजको रजत जयन्ती समारोह सम्पन्न


काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ। चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी थिए।

कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. विशेष अतिथिका रूपमा सहभागी भएका थिए। समारोहको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गरेका थिए।

समारोहमा वरिष्ठ चलचित्रकर्मी निर शाहलाई नगदसहित ‘रजत जयन्ती दीर्घ साधना सम्मान–२०८१’ प्रदान गरिएको थियो। त्यस्तै, शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरा सिंह स्मृति सम्मान–२०८१’ प्रदान गरियो। निर्देशक श्याम राई, डा. सुबोधकुमार पोखरेल र रक्षा सिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान–२०८१’ बाट सम्मानित गरिएको थियो।

‘डाइरेक्टर अफ दी इयर–२०८०’ को व्यावसायिक विधामा चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले अवार्ड प्राप्त गरेका थिए भने कलात्मक (क्रिटिक्स) विधामा चलचित्र ‘द रेड सुडकेस’ का निर्देशक फिडेल देवकोटा सम्मानित भए।

सो अवसरमा निर्देशक समाजको प्रोफाइल भिडियो, निर शाहको जीवनीमाथि आधारित दृश्य सामग्री, सम्मानित स्रष्टाहरूका वृत्तचित्र, सांगीतिक नृत्य प्रस्तुति तथा रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.