नायिका अनुको लक्ष्य पुरा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अभिनेत्री अनु शाहको जीवनको लक्ष्य पुरा भएको छ। उनले नायक जोनलाई पाएपछी आफ्नो जीवनको लक्ष्य पुरा भएको बताएकी छिन तर यो रियल लाइफमा नभई रिल लाइफमा। कार्तिक १४ बाट प्रदर्शनमा आउने फिल्म ‘एउटा साथी’ को ‘खाली खाली थियो मन’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द र संगीत टंक बुढाथोकी रहेको छ भने यसमा स्वर आनन्द कार्की र शुधारत्नको रहेको छ।
Anu-shah-Euta-Sathiसार्वजनिक गीतमा अनु शाह र जोन तामाङ फिचरिङ भएका छन्। लामो समयपछि यसै गीत मार्फत पार्श्व गायनमा फर्किएका गायक आनन्द कार्कीलाई पनि यसले व्यस्त बनाउने छनक गीतले देखाएको छ। चलचित्रलाई पत्रकार लक्ष्मण सुबेदीले निर्देशन गरेका हुन्। एउटा साथीमा अनु र जोनसंगै सलोन बस्नेत र रिश्ता बस्नेतको पनि मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.