एक्सन प्रधान ‘कर्मा’ को ट्रेलर सार्वजनिक


काठमाडौं। एक्सन, ड्रामा र सस्पेन्स मिश्रित नेपाली चलचित्र ‘कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी , दिव्य देव पन्त लगायत देखिएका छन्।

निर्देशक सौरभ चौधरीले विपिनलाई एक्सन अवतारमा प्रस्तुत गर्दै एक निर्दोष युवक कसरी भ्रष्ट समाजको सिकार बन्छ भन्ने कथा उठाएका छन्। चलचित्र आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ।

सेभेन सिज सिनेमाले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको ‘कर्मा’ मा भाष्कर स्वाँरको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन छ। वसन्त लम्साल निर्माता रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति हो।

Copyright © 2012 - 2026 | All Right Reserved.