‘हे माया’ निर्माण हुँदै, जुनिम गहतराजको निर्देशनमा दीपक लम्सालको लगानी


काठमाडौं। निर्माता दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ। सिनेमाको छायांकन आगामी जेठदेखि सुरू गर्ने तयारीसहित यसको औपचारिक घोषणा गरिएको हो।

लम्सालका अनुसार सिनेमामा चर्चित कलाकारहरू आबद्ध हुनेछन्। हालसम्म धेरै कलाकारसँग मौखिक सहमति भए पनि लिखित सम्झौता बाँकी रहेकाले केही समयपछि औपचारिक रूपमा सार्वजनिक गरिने छ।

नेपालमा बलिउड र दक्षिण भारतीय सिनेमा वितरण गर्दै आएका लम्साल पहिलो पटक नेपाली सिनेमा निर्माणमा प्रवेश गर्न लागेका हुन्। ‘हे माया’ रियल इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्नेछ भने निर्देशनको जिम्मेवारी जुनिम गहतराजले सम्हाल्ने छन्। गहतराज निर्देशित सिनेमा ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो।

सिनेमाको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन्। निर्माण टिमले नेपाली नयाँ वर्ष सुरू भएसँगै कास्ट एण्ड क्रिउ सार्वजनिक गर्ने तयारी गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.