‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला, ४ सय शोमा प्रदर्शनको तयारी


काठमाडौं। चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। मल्टीप्लेक्स र सिंगल स्क्रिन हलहरूले उच्च शो निर्धारण गरेका छन्।

क्युएफएक्सले काठमाडौं उपत्यकामा मात्रै ३३ शोसहित देशभर ७१ शो दिएको छ। अन्य चेनहरूले समेत उच्च शो उपलब्ध गराएका छन्, जसअनुसार सिनेमाले पहिलो दिनमै करिब ४ सय शो पाउने देखिएको छ।

नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने ‘वसन्त’मा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, अनुप बराललगायतको अभिनय छ। सोसल ड्रामा यो सिनेमाले विपन्न समुदायका युवाको लेखक बन्ने संघर्षको कथा बोल्छ।

सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसका कारण सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.