‘लाज शरणम्’ छैटौं हप्तामा, दर्शकको साथ कायमै


काठमाडौ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लाज शरणम्’ ले सफल प्रदर्शन जारी राख्दै छैटौं हप्तामा प्रवेश गरेको छ। सुरुदेखि नै राम्रो व्यापार गर्दै आएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको भनाइ छ।

फिल्म प्रदर्शनको पहिलो दिनमै १ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यद्यपि, त्यसपछिको व्यापारिक आँकडा निर्माताले सार्वजनिक गरेका छैनन्। तर, हालसम्म पनि शोहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ।

निर्माता नवीन श्रेष्ठका अनुसार, “फिल्म सफलतापूर्वक छैटौं हप्तामा प्रवेश गरेको छ। दर्शकको माया र समर्थनका कारण ‘लाज शरणम्’ ले राम्रो व्यापार गरिरहेको छ।”

चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको यो फिल्मलाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन्। फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ को अभिनय रहेको छ।

जेपिटी क्रियसन को ब्यानरमा बनेको फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन्। दर्शकको निरन्तर साथ रहेको भन्दै निर्माण टिमले फिल्म अझै केही हप्ता प्रदर्शनमा रहने अपेक्षा गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.