काठमाडौ। नेपाली चलचित्र क्षेत्रमा प्रचारका लागि कलाकारहरूले अन्तर्वार्ता दिने प्रवृत्ति बढ्दो छ। फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माता, निर्देशक तथा कलाकारहरू विभिन्न मिडियामा आफ्नो चलचित्रको चर्चा गर्छन्। अन्तर्वार्ता दिएर मात्र चलचित्र सफल हुन सक्छ त ? नेपाली सिनेमा बजार सानो छ, जहाँ प्रचारको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ। तथापि, पछिल्लो समय अधिकांश फिल्मको प्रचार अन्तर्वार्तामा सीमित हुँदै गएको देखिन्छ । ट्रेलर, गीत, पोस्टर जस्ता प्रवर्द्धनात्मक सामग्रीभन्दा कलाकारहरूको अन्तर्वार्ताले प्राथमिकता पाउन थालेपछि दर्शकमा नैराश्यता आउने अवस्था सिर्जना भएको छ। पछिल्ला वर्षहरूमा केही ठूला नेपाली फिल्महरूले प्रचारमा नवीनता अपनाए।
उदाहरणका लागि, ‘कबड्डी ४’ ले आक्रामक डिजिटल मार्केटिङ गर्यो, जसले दर्शकको ठूलो ध्यान तान्यो। त्यस्तै, ‘महापुरुष’ को प्रचार सामाजिक सञ्जालका कमेन्टहरूलाई केन्द्रित गरेर गरिएको थियो, जसले सकारात्मक प्रभाव पार्यो। फिल्म प्रचारका लागि अन्तर्वार्ता महत्वपूर्ण भए पनि, यो मात्र पर्याप्त हुँदैन। दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि फरक प्रचार शैली आवश्यक पर्छ। हलिउड तथा बलिउडमा कलाकारहरूले केवल अन्तर्वार्ता दिनेभन्दा पनि नयाँ प्रवर्द्धनात्मक तरिका अपनाउने गरेका छन्। उदाहरणका लागि, हलिउड फिल्महरू वर्ल्ड प्रिमियर, फ्यान मिटीङ, भीआर ट्रेलर, गेम र डिजिटल क्याम्पेनमार्फत प्रचार गरिन्छ।
नेपालमा पनि डिजिटल मार्केटिङ प्रभावकारी बन्दै गएको छ। ‘प्रसाद’ जस्तो फिल्मले सामाजिक सञ्जालमा चल्ने कथाहरू मार्फत प्रचार गर्यो, जसले दर्शकको चासो बढायो। अब नेपाली फिल्म उद्योगले मात्र अन्तर्वार्तामा सीमित नरही विभिन्न क्याम्पेन, दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया, अनलाइन च्यालेन्ज तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जस्ता प्रवर्द्धनात्मक विधिहरू अपनाउनु आवश्यक देखिन्छ। नेपालमा प्रचारको परम्परागत तरिका मात्रले दर्शकलाई लामो समयसम्म आकर्षित गर्न सक्दैन। चलचित्र सफल बनाउन कथावस्तु, प्रस्तुति, अभिनय तथा प्रविधिमा नवीनता आवश्यक पर्छ। डिजिटल युगमा दर्शकले ट्रेन्डिङ सामग्री हेर्न रुचाउँछन्, त्यसैले चलचित्र प्रवर्द्धनका लागि नयाँ शैली अपनाउनु जरुरी छ। अन्तर्वार्ता प्रचारको एउटा महत्वपूर्ण पक्ष भए पनि, केवल यसैमा सीमित रहनु नेपाली फिल्म उद्योगका लागि राम्रो संकेत होइन। अबको पुस्ता गुणस्तरीय चलचित्र हेर्न चाहन्छ। त्यसैले दर्शकलाई हलसम्म तान्न प्रभावकारी प्रचार रणनीति अवलम्बन गर्नु आवश्यक छ। अन्यथा, परम्परागत प्रचार शैली दोहोरिँदै गएमा दीर्घकालीन रूपमा नेपाली चलचित्र क्षेत्र प्रभावित हुन सक्छ।
काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै दर्शकको उल्लेखनीय ध्यान तानेको छ। गत सोमबार सार्वजनिक गरिएको ट्रेलरलाई समाचार तयार पार्दासम्म ११ लाख २५ हजारभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले १५ हजारभन्दा बढी लाइक...
काठमाडौं। बलिउड हुँदै हलिउडमा स्थापित अभिनेत्री प्रियंका चोपडा जोनस अभिनीत फिल्म ‘द ब्लफ’ को ट्रेलर सार्वजनिक भएको छ। अमेजन प्राइम भिडिओको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब दुई मिनेट लामो ट्रेलरले प्रियंकालाई...
काठमाडौं। माघे संक्रान्तिको अवसरमा आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। पारिवारिक र पर्वको माहोललाई लक्षित गर्दै ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ हलमा पुगेका हुन्। यम शेर्पाको लेखन तथा निर्देशन रहेको...
काठमाडौँ। १४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ यही माघ २ देखि ५ गतेसम्म चलचित्र विकास बोर्ड, चावहिलमा आयोजना हुने भएको छ। महोत्सवमा नेपालसहित २० देशका ४३ चलचित्र छनौट भएका छन्। नेपाली विधामा कथानक...
काठमाडौँ। नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजना चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमार भिजुअल सोसाइटी अफ नेपाल (AVSN)...
काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय भएका छन्। लामो समयदेखि वितरण व्यवसायमा संलग्न कट्टेल चलचित्र ‘मिरमिरे’ मा कार्यकारी निर्माताको रुपमा जोडिएका छन् । उनी चलचित्र वितरण कम्पनी आरआर फिल्म्सका...