‘महाभोज’ को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक, कौडा भाकामा झुमे कलाकारहरू


काठमाडौ। चलचित्र ‘महाभोज’ को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ। कौडा भाकामा आधारित यो गीतमा सुरेन्द्र दियाली को शब्द, प्रशान्त सिवाकोटी को स्वर र सङ्गीत रहेको छ भने ससिका राई ले साथ दिएकी छन्।

गीतको भिडियोले चलचित्रका मुख्य पात्रहरूलाई मौलिक शैलीमा प्रस्तुत गरेको छ। दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत ले कौडा नृत्यमा रमाएका छन्। त्यस्तै, आर्यन सिग्देल गाउँका सभ्रान्त व्यक्तिको रूपमा देखिएका छन् भने सुरक्षा पन्त उनको पत्नीको भूमिकामा छिन्। भिडियोको अन्त्यमा छापामारको पोसाकमा देखिएका मलिका र खगेन्द्र को दृश्यले चलचित्रको कथावस्तु अझ रहस्यमय बनाएको छ। कोरियोग्राफी मौसम हिमाली ले गरेका हुन्।

दिनेश राउत को निर्देशनमा बनेको ‘महाभोज’ मा दर्शकको उत्सुकता बढ्दो छ। विकास सुवेदी को लेखन रहेको यो चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय रहेको छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा बनेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन्। चलचित्र जेठ १५ गते दर्शकमाझ आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.