बोहराको निर्देशनमा बन्ने सिनेमा ‘चमेलीको पोई’ मा मुकुन


काठमाडौँ। पछिल्लो समय नेपाली सिनेमाको निर्माण क्रम बढे संगै कलाकारहरुको व्यस्तता पनि बढ्न थालेको छ। अभिनेता मुकुन भुषाल पनि पछिल्लो समय बेस्ट कलाकारको सुचिमा पर्न थालेका छन्। उनको हातमा पनि झन्डै आधा दर्जन सिनेमाको लाइन अप छ। उनि एभरेस्ट सुर्य बोहराको निर्देशनमा बन्ने सिनेमा ‘चमेलीको पोई’ मा अनुबन्ध भएका छन्। मुकुनको अभिनय रहेको सिनेमा ‘कर्मा चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। जेठमा छायांकनमा जाने तयारीमा रहेको सिनेमा ‘चमेलीको पोई’ मा अभिनेत्री सुरक्षा पन्त पनि फाइनल भएकी छन्।

‘चमेलीको पोइ’ कमेडी शैलीको यथार्थपरक कथामा निर्माण गर्न लागेको बोहराले जानकारी दिए। यही सिनेमाबाट पुराना हास्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्दै छन् । फिल्मका अन्य कलाकार,प्राविधिक छनौटको क्रममा छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.